साइबर अपराध
१. साइबर अपराधको परिभाषा
कम्प्युटर, मोबाइल, इन्टरनेट वा अन्य डिजिटल प्रविधिको प्रयोग गरेर गरिने गैरकानुनी कार्यलाई साइबर अपराध भनिन्छ ।
२. साइबर अपराधका प्रकार
ड्ड जालसाजी (ऋथदभच ँचबगम)ः चिट्ठा परेको वा अन्य प्रलोभन देखाएर पैसा ठग्ने ।
ड्ड नक्कली कागजात बनाउनेः सरकारी वा निजी कागजात, जस्तै नक्कली प्रमाणपत्र तयार पार्ने ।
ड्ड अश्लील सामग्रीः अश्लील चित्र वा भिडियो बनाउने, वितरण गर्ने वा अरूलाई पठाउने ।
ड्ड धम्की वा तनावः गलत सन्देश पठाएर मानसिक तनाव दिने वा धम्की दिने ।
ड्ड डाटा चोरी वा क्षतिः अरूको कम्प्युटर वा प्रणालीमा क्षति पुर्याउने वा गोप्य सूचना चोरी गर्ने ।
३. साइबर अपराधका असर
ड्ड आर्थिक र मानसिक क्षतिः व्यक्तिलाई आर्थिक नोक्सानी र मानसिक तनाव हुन सक्छ ।
ड्ड सामाजिक प्रभावः समाजमा गलत सन्देश प्रवाह भई आपराधिक गतिविधि बढ्न सक्छ ।
ड्ड व्यक्तिगत विकासमा अवरोधः पीडितको सामाजिक, आर्थिक र पेसागत जीवनमा असर पुग्छ, जसले परिवारमा समस्या ल्याउन सक्छ ।
ड्ड गम्भीर मनोवैज्ञानिक असरः पीडितमा नैराश्यता, बेचैनी, कमजोर आत्मबल जस्ता समस्या विकास हुन्छ, जसले गर्दा आत्महत्यासम्मको अवस्था सिर्जना हुन सक्छ ।
४. साइबर अपराध कम गर्ने उपायहरू
ड्ड सचेतनाः आफू र अरूलाई साइबर अपराधबारे सचेत गराउने ।
ड्ड सचेत गराउने र प्रहरीलाई खवर गर्नेः यदि कोही साइबर अपराधमा संलग्न भएको थाहा पाएमा, पहिले सचेत गराउने र नमानेमा प्रहरीलाई जानकारी दिने ।
ड्ड सुरक्षित पासवर्डः मोबाइल, ल्यापटप वा अन्य उपकरणमा बलियो पासवर्ड राख्ने ।
ड्ड जानकारी र शिक्षाः साइबर अपराध अन्तर्गत पर्ने कार्यहरूका बारेमा जानकारी लिने र अरूलाई पनि दिने ।
ड्ड अनावश्यक लिङ्क र व्यक्तिः नचिनेका व्यक्तिले पठाएको लिङ्क नखोल्ने र सामाजिक सञ्जालमा नचिनेका व्यक्तिलाई साथी नबनाउने ।
सामाजिक समस्या र यसको समाधान
१. सामाजिक समस्या भनेको के हो?
समाजमा शान्ति, सुरक्षा, सद्भाव, नागरिकको कल्याण, र विकासमा बाधक बन्ने विषय, अवस्था वा व्यवहारलाई सामाजिक समस्या भनिन्छ । यसमा हेपाइ, सामाजिक विभेद, चेलीबेटी बेचबिखन, भ्रष्टाचार, बलात्कार, तस्करी आदि पर्दछन् ।
२. सामाजिक समस्या समाधानका उपायहरू
क. स्थानीय स्रोतको प्रयोगः स्थानीय क्षेत्रमा उपलब्ध साधनहरूको सही र विवेकपूर्ण प्रयोग गर्ने ।
ख. उद्यमशीलताको विकासः समाजमा उद्यमशीलता बढाएर बेरोजगारी घटाउने ।
ग. भ्रष्टाचार नियन्त्रणः युवाहरूको विशेष पहलमा भ्रष्टाचार रोक्ने ।
घ. जनचेतनाः विभिन्न सामाजिक समस्या समाधानका लागि जनचेतना फैलाउने ।
ङ. कडा कानुनः कडा कानुन बनाएर त्यसलाई प्रभावकारी रूपमा लागू गर्ने ।
३. सामाजिक सुधार
समाजमा रहेका कुरीति, कुसंस्कार, विकृति तथा अन्य सामाजिक समस्या हटाएर शान्ति, सुरक्षा, सद्भाव र मेलमिलाप बढाउनु नै सामाजिक सुधार हो ।
४. स्थानीय संघसंस्था
स्थानीय स्तरका समस्या समाधान गर्न स्थानीय जनताको संलग्नतामा बनेका संस्थाहरूलाई स्थानीय संघसंस्था भनिन्छ ।
उदाहरणः आमा समूह, बाल क्लब, युवा क्लब, महिला समूह, टोल सुधार समिति, स्थानीय स्वास्थ्य चौकी, प्रहरी चौकी आदि ।
५. आमा समूह
विवाहित महिलाहरूले समाजका समस्या समाधान गर्न बनाएको स्थानीय संस्थालाई आमा समूह भनिन्छ । यसका प्रमुख भूमिका निम्न छन् ः
क. घरेलु हिंसा नियन्त्रणः घरेलु हिंसा भएका घरपरिवारमा गएर सम्झाई बुझाई गर्ने ।
ख. जनचेतनाः समाजमा रहेका सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने ।
ग. सहयोगः दुःखमा परेका मानिसलाई आवश्यक सहयोग प्रदान गर्ने ।
घ. रोकथामः जुवातास, मदिरा सेवन, लागूऔषध दुरुपयोग जस्ता विकृतिबारे सचेत गराउने र आवश्यक परे प्रहरीमा खबर गर्ने ।
६. महिला समूह
क. तालिमः महिलाका लागि चेतनामूलक र आयआर्जनसम्बन्धी तालिम सञ्चालन गर्ने ।
ख. सशक्तिकरणः घरेलु हिंसा विरुद्ध महिलालाई जागृत र सक्षम बनाउने ।
ग. दबाब सिर्जनाः महिलामाथि हुन सक्ने विभिन्न घटना रोक्न दबाब सिर्जना गर्ने ।
घ. सामाजिक समस्या समाधानः महिलामाथि हुने विकृतिसँगै अन्य सामाजिक समस्या समाधानमा पनि काम गर्ने ।
७. युवा क्लब
क. सामाजिक विकृति नियन्त्रणः जुवा, तास, मद्यपानजस्ता नकारात्मक गतिविधि विरुद्ध जनचेतना फैलाउने ।
ख. सामाजिक गतिविधिः रक्तदान र खेलकुदजस्ता गतिविधि सञ्चालन गर्ने ।
ग. विपद् व्यवस्थापनः विपद्को समयमा आवश्यक सेवाहरू प्रदान गर्ने ।
घ. वातावरण संरक्षणः सरसफाइ, वृक्षारोपण र फोहोर व्यवस्थापनमा सहयोग गर्ने ।
८. सामाजिक समस्या समाधानमा राष्ट्रिय संस्था
नेपाल रेडक्रस, नेपाल स्काउट, माइती नेपाल, सिविन र समाज कल्याण परिषद् जस्ता संस्थाहरूले राष्ट्रिय स्तरमा सामाजिक समस्या समाधानमा योगदान पुर्याउँछन् ।
९. नेपाल रेडक्रस
परिभाषाः मानव सेवा र सामुदायिक कार्यमा संलग्न अन्तर्राष्ट्रिय संस्था ।
स्थापनाः विश्व रेडक्रसको स्थापना सन् १८६३ फेब्रुअरी ९ मा जाँ हेनरी ड्युनाले गरेका हुन् । नेपालमा यसको स्थापना वि.सं. २०२० भाद्र १९ मा भयो ।
प्रमुख कार्यहरूः
क. विपद्मा राहतः भूकम्प, बाढी, पहिरो, आगलागीजस्ता विपद्मा राहत वितरण गर्ने ।
ख. प्राथमिक उपचारः दुर्घटना र विपद्मा आपत्कालीन प्राथमिक उपचार सेवा प्रदान गर्ने ।
ग. स्वास्थ्य सेवाः एम्बुलेन्स सेवा र रक्तदान कार्यक्रम सञ्चालन गर्ने ।
घ. विकासः खानेपानी विस्तार जस्ता विकास कार्यक्रममा सहयोग गर्ने ।
ङ. जनचेतनाः प्रजनन अधिकार, एच.आई.भी.÷एड्स जस्ता रोगबारे जनचेतना र सहयोग कार्यक्रम सञ्चालन गर्ने ।
च. तालिमः सडक सुरक्षा र प्राथमिक उपचारजस्ता तालिम सञ्चालन गर्ने ।
१०. नेपाल स्काउट
परिचयः बेलायती नागरिक रोबर्ट बेडन पावेलद्वारा सन् १९०७ मा स्थापित संस्था ।
आदर्श वाक्यः ’सेवा गर्न तयार होऊ’
प्रमुख उद्देश्यः युवाहरूमा अनुशासन, अधिकारबारे चेतना, असल चरित्र, नेतृत्व सीप र देशभक्तिको भावना विकास गर्नु ।
स्थापनाः नेपालमा स्काउटको स्थापना वि.सं. २००९ मा भएको थियो ।
प्रमुख गतिविधिहरूः
क. उद्धारः प्राकृतिक प्रकोप र दुर्घटनामा परेका पीडितहरूको उद्धार गर्ने ।
ख. भीड नियन्त्रणः विभिन्न सभा समारोह, मन्दिर आदिमा भीड नियन्त्रण गर्न सहयोग गर्ने ।
ग. वातावरण संरक्षणः सरसफाइ, वृक्षारोपणजस्ता वातावरण संरक्षणका कार्यक्रममा सहभागी हुने ।
घ. सीप विकासः युवाहरूलाई विभिन्न सीप प्रदान गर्न तालिमका कार्यक्रम सञ्चालन गर्ने ।
ङ. सामाजिक समस्या समाधानः सामाजिक समस्या समाधानका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
मौलिक अभ्यास र सामाजिक सुधार
१. सामाजिक समस्या समाधानको मौलिक अभ्यास
कुनै पनि समाजले आफ्ना सामाजिक समस्या समाधानका लागि परम्परागत रूपमा निर्माण गरेको विशेष उपायलाई मौलिक अभ्यास भनिन्छ ।
उदाहरणः गुरुङ समुदायको रोधी, नेवारको गुठी, थारुको बडघर आदि ।
२. मौलिक अभ्यासको महŒव
१. सामुदायिक सहभागिताः समस्या समाधानमा समुदायका सदस्यहरूको सहभागिता बढाउँछ ।
२. सामाजिक सम्बन्धः सामाजिक सम्बन्ध र सद्भावलाई बलियो बनाउँछ ।
३. गोपनीयताः समस्या समाजभित्रै समाधान हुने भएकाले पीडित र गल्ती गर्ने व्यक्तिको विषय बाहिर फैलिँदैन ।
४. सांस्कृतिक संरक्षणः समस्या समाधान गर्ने यो तरिका समाजको परम्परागत सम्पत्ति भएकाले यसले संस्कृतिको संरक्षणमा पनि सहयोग पुर्याउँछ ।
३. समुन्नत समाज बनाउन आवश्यक सुधार
१. गुणस्तरीय शिक्षाः समाजका हरेक सदस्यलाई गुणस्तरीय शिक्षा र रोजगारीको अवसर प्रदान गर्ने ।
२. स्वास्थ्य सेवाः गरिब तथा विकट स्थानका नागरिकको स्वास्थ्य समस्या समाधान हुने गरी स्वास्थ्य सेवा विस्तार गर्ने ।
३. लैङ्गिक समानताः लैङ्गिक विभेदको अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
४. गरिबी निवारणः रोजगारीमूलक तालिमको व्यवस्था गरेर गरिबी कम गर्ने ।
५. पूर्वाधार विकासः विकासका पूर्वाधार विस्तार गरेर सामाजिक समस्या समाधानमा सहजता ल्याउने ।
६. सामाजिक सुरक्षाः एकल महिला, वृद्ध, अपाङ्ग आदिका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने ।
७. कानुनको प्रभावकारी कार्यान्वयनः सामाजिक समस्या समाधानका लागि बनेका कानुनहरूलाई सही तरिकाले लागू गर्ने ।
४. सहभोज र सामाजिक एकता
विभिन्न जात, समुदाय र धर्मका मानिसहरूलाई एकै स्थानमा राखेर खाना खुवाउने प्रचलन नै सहभोज हो । यसले निम्न तरिकाले सामाजिक एकता कायम गर्न मद्दत गर्दछः
१. सामाजिक सम्बन्धः सामाजिक सम्बन्धलाई बलियो बनाउँछ र आपसी छलफलको अवसर प्रदान गर्दछ ।
२. अपनत्वको भावनाः पछि परेका मानिसहरू पनि सहभागी हुने हुँदा उनीहरूमा समाजप्रति अपनत्वको भावना विकास हुन्छ ।
३. विभेदको अन्त्यः विभिन्न जात, धर्म, समुदायका मानिस एकै ठाउँमा बसेर खाना खाँदा विभेदको अन्त्य भई सामाजिक एकता स्थापित हुन्छ ।
४. आपसी समझदारीः मानिसहरूबीच राम्रो सञ्चारको अवस्था सिर्जना भई एक–अर्कालाई सही रूपमा बुझ्न मद्दत गर्दछ ।
मौलिक हक र सुशासन
१. मौलिक हकको परिभाषा र महŒव
परिभाषाः राज्यको कानुनद्वारा देशका नागरिकलाई प्रदान गरिएका अधिकारलाई मौलिक हक भनिन्छ । यसलाई संवैधानिक हक पनि भनिन्छ किनभने यो देशको संविधानमा व्यवस्था गरिएको हुन्छ ।
महŒव ः
क. अधिकारको सुनिश्चितताः बोल्न पाउने, धर्म मान्न पाउने, सम्पत्ति राख्न पाउने जस्ता अधिकार सुनिश्चित गर्दछ । ख. समानताः समाजमा समानताको अवस्था सिर्जना गर्न विभिन्न आधारमा हुन सक्ने विभेदको अन्त्य गर्न सहयोग गर्दछ । ग. सरकारी नियन्त्रणः सरकारलाई अधिकारको गलत प्रयोग गर्नबाट रोक्छ । घ. न्यायको पहुँचः नागरिकले अन्याय भएको महसुस गरेमा अदालतबाट न्याय पाउन सक्छन् । ङ. लोकतान्त्रिक प्रक्रियामा सहभागिताः नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सहयोग गर्दछ । च. सामाजिक सद्भावः समाजमा शान्ति र सद्भाव कायम गर्न सहयोग गर्दछ ।
२. मानव अधिकार र मौलिक हकबीचको फरक
१. क्षेत्रः मौलिक हक कुनै एक देशको सिमानाभित्र त्यस देशका नागरिकका लागि मात्र लागू हुन्छ, तर मानव अधिकार विश्वभरका सबै मानवका लागि हो । २. स्रोतः मौलिक हक प्रत्येक देशको संविधानमा उल्लेख हुन्छ, जबकि मानव अधिकारको उल्लेख मानव अधिकारको विश्वव्यापी घोषणापत्र (ग्लष्खभचकब िम्भअबिचबतष्यल या ज्गmबल च्ष्नजतक) मा गरिएको छ । ३. परिवर्तनः मौलिक हक आवश्यकताअनुसार परिवर्तन, थप वा घट्न सक्छ, तर मानव अधिकार सामान्यतया परिवर्तन गर्न सकिँदैन । ४. विश्वव्यापीकरणः मानव अधिकार विश्वभर समान रूपमा लागू हुन्छ, तर मौलिक हक प्रत्येक देशअनुसार फरक हुन्छ ।
३. विद्यार्थीका लागि उपयोगी मौलिक हक ः सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चारको हक, शिक्षासम्बन्धी हक, स्वास्थ्यसम्बन्धी हक, बालबालिकाको हक, स्वच्छ वातावरणको हक
४. सुशासन
परिभाषाः राज्य संयन्त्रलाई जनमुखी बनाई जनताको अपेक्षाअनुरूप प्रभावकारी, छिटो र छरितो सेवा प्रदान गरेर सरकारको कामप्रति सुखद अनुभूति दिनु सुशासन हो ।
महत्त्व ः क. विश्वासः नागरिकको नेता र कर्मचारीप्रति विश्वास बढ्छ । ख. भ्रष्टाचार नियन्त्रणः भ्रष्टाचारको सम्भावना कम गराउँछ । ग. स्रोतको सदुपयोगः देशका साधन र स्रोतको सही प्रयोग भई विकासको गति बढ्छ । घ. जनसहभागिताः शासन व्यवस्थामा जनताको सहभागिता सुनिश्चित गर्दछ । ङ. द्वन्द्व न्यूनीकरणः समाजमा हुन सक्ने द्वन्द्व घटाएर सामाजिक सद्भाव कायम गर्दछ ।
५. सुशासनका विशेषता
क. सहभागिताः शासनमा जनताको सहभागिता हुन्छ । ख. उत्तरदायित्वः सरकार जनताप्रति उत्तरदायी हुन्छ । ग. पारदर्शिताः शासन प्रक्रियामा कुनै भेदभाव हुँदैन र यो पारदर्शी हुन्छ । घ. कानुनी शासनः शासन व्यवस्था कानुनअनुसार सञ्चालित हुन्छ । ङ. सरलताः प्रशासन व्यवस्था सरल हुन्छ र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता हुन्छ । च. समावेशिताः न्यायपूर्ण समाजको निर्माणमा जोड दिन्छ । छ. भ्रष्टाचारमुक्तः शासन व्यवस्थामा भ्रष्टाचार हुँदैन । ज. कानुनको पालनाः जनता, कर्मचारी र सरकार सबैले कानुनको पालना गर्छन् ।
६. नेपालमा सुशासनका चुनौतीहरू
क. राजनीतिक अस्थिरताः राजनीतिक अस्थिरताले सुशासन लागू हुन सकेको छैन ।
ख. भ्रष्टाचारः सरकारी र कर्मचारी क्षेत्रमा भ्रष्टाचार व्याप्त छ ।
ग. कानुनको कमजोर कार्यान्वयनः कानुनहरू प्रभावकारी रूपमा लागू भएका छैनन् ।
घ. सीमित प्रशासनिक क्षमताः दक्ष जनशक्ति र स्रोतको अभाव छ ।
ङ. असक्षम सार्वजनिक सेवाः कर्मचारीतन्त्रको असक्षमता र जवाफदेहिताको अभाव छ ।
च. राजनीतिक संरक्षणः योग्यताभन्दा राजनीतिक संरक्षण र नातावादलाई प्राथमिकता दिइन्छ ।
७. नेपालमा सुशासन सिर्जना गर्ने उपायहरू
क. कानुनको शासनः कानुनहरूलाई निष्पक्ष रूपमा देशभर लागू गर्ने ।
ख. पारदर्शिता र जवाफदेहिताः प्रशासनमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने ।
ग. जनसहभागिताः निर्णय प्रक्रिया र विकास कार्यहरूमा जनताको सहभागिता बढाउने ।
घ. सार्वजनिक सेवा प्रवाहमा सुधारः जनताले उपभोग गर्ने सेवा छिटो र भरपर्दो बनाउने ।
ङ. नागरिक शिक्षाः नागरिकलाई सुशासन र सेवा प्रवाहबारे जानकारी दिने ।
च. कर्मचारीको तालिमः समयअनुसार कर्मचारीलाई विभिन्न तालिमको व्यवस्था गर्ने ।
नेपालको धरातलीय स्वरूपको उपयोगितालाई निम्न बुँदाहरूमा स्पष्ट पार्न सकिन्छ ।
१. जलवायु नियन्त्रण
वर्षाः उत्तरी भागमा रहेका अग्ला हिमालय पर्वतहरूले बंगालको खाडीबाट आउने मनसुनी हावालाई रोकेर नेपालमा पर्याप्त वर्षा गराउँछन् ।
तापक्रमः हिमालयले उत्तरी ध्रुवबाट आउने चिसो हावालाई रोकेर नेपालमा अत्यधिक चिसो हुनबाट बचाउँछ । यसले गर्दा यहाँको हावापानी न्यानो र समशीतोष्ण रहन्छ ।
२. आर्थिक विकास
ड्ड जलस्रोतः पहाडी क्षेत्रका नदीहरू जलविद्युत उत्पादन र जलयात्राका लागि अत्यन्त महŒवपूर्ण छन् ।
ड्ड पर्यटनः हिमाल, पहाड र तराईको विविधताले पर्यटन उद्योगको विकासमा ठूलो योगदान पुर्याएको छ । हिमाल आरोहण, ट्रेकिङ र प्राकृतिक सौन्दर्यको अवलोकन प्रमुख पर्यटकीय आकर्षण हुन् ।
ड्ड कृषिः तराईको समथर भूभाग र पहाडी क्षेत्रका उर्वर जमिनमा विभिन्न किसिमका खेतीपाती गरिन्छ ।
ड्ड पशुपालनः हिमाली क्षेत्रमा पाइने विशाल घाँसे फाँटहरूले पशुपालनका लागि उपयुक्त वातावरण प्रदान गर्दछ ।
३. प्राकृतिक सिमाना
हिमालय पर्वत शृङ्खलाले नेपाललाई उत्तरी छिमेकी मुलुक तिब्बत (चीन) बाट प्राकृतिक सिमानाको रूपमा छुट्याएको छ ।
नेपालको हावापानीको प्रभावलाई तलका बुँदाहरूमा प्रस्तुत गरिएको छ ।
१. हावापानीको प्रभाव
जनजीवन र बसोबासः हावापानी अनुसार मानिसको जीवनशैली, घरको संरचना र बसोबासको व्यवस्थापन गरिएको छ । हिमाली क्षेत्रमा कम पानी पर्ने हुँदा माटो वा ढुंगाको छानो भएका र कम झ्याल भएका होचा घरहरू बनाइन्छ ।
कृषि प्रणालीः हावापानीले खेतीपातीमा प्रत्यक्ष असर गर्छ । तराईमा धान, पहाडमा कोदो, मकै र हिमाली क्षेत्रमा जौ, उवा, आलु तथा स्याउ र ओखर जस्ता फलफूलको खेती हुन्छ ।
पशुपालनः हिमाली क्षेत्रमा पशुपालनका लागि उपयुक्त हावापानी भएकाले पशुपालन व्यवसाय फस्टाएको छ ।
पोशाक र खानपिनः मानिसको लुगा र खानपिन पनि हावापानीमा निर्भर गर्छ । हिमालमा तातो र बाक्लो लुगा तथा प्रोटिनयुक्त खाना खाने चलन छ भने तराईमा पातलो लुगा लगाइन्छ र दाल–रोटी जस्ता हल्का खानेकुरा खाइन्छ ।
चाडपर्व र संस्कृतिः कृषि कार्यको समाप्तिपछि मनाइने चाडपर्वहरू पनि हावापानीको ऋतुचक्रसँग सम्बन्धित छन् ।
जैविक विविधताः हावापानीको विविधताले गर्दा वनस्पति, जीवजन्तु र कृषि प्रणालीमा समेत विविधता पाइन्छ ।
२. मनसुनी वायुः वरदान र अभिशाप
नेपालको आर्थिक तथा सामाजिक जीवनमा मनसुनी वायुको गहिरो प्रभाव छ । यसलाई वरदान र अभिशाप दुवै मानिनुका पाँच–पाँच कारण तल दिइएका छन् ।
मनसुनी वायुलाई वरदान भनिनुका कारणहरू
१. कृषिका लागि जीवनरेखाः नेपालको कृषि मनसुनमा निर्भर छ, जसले धान, मकै, गहुँ जस्ता प्रमुख बालीहरूका लागि पर्याप्त वर्षा प्रदान गर्छ ।
२. वनस्पति र जैविक विविधताको संरक्षणः मनसुनले वन, जंगल, र जैविक विविधतालाई फस्टाउन सहयोग गर्छ, जसले प्राकृतिक सन्तुलन कायम राख्न मद्दत गर्छ ।
३. जलविद्युत उत्पादनः वर्षाको पानीले नदीहरूमा पानीको मात्रा बढाउँछ, जसले जलविद्युत आयोजनाहरूका लागि आवश्यक पानीको आपूर्ति सुनिश्चित गर्छ ।
४. जलाशय र भूमिगत जल पुन भर्नेः मनसुनले खोला, नदी र तालहरूमा पानीको सतह बढाउँछ र भूमिगत जल भण्डार चभअजबचनभ गर्न मद्दत गर्छ ।
५. मौसमको सन्तुलनः यसले गर्मी मौसममा तापक्रमलाई नियन्त्रणमा राख्छ र मौसमलाई अनुकूल बनाउन सहयोग गर्छ ।
मनसुनी वायुलाई अभिशाप भनिनुका कारणहरू
१. बाढी र पहिरोः मनसुनी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईका समथर भूभागमा विनाशकारी बाढी आउँछ, जसले धन–जनको ठूलो क्षति गराउँछ ।
२. कृषिमा क्षतिः अतिवृष्टि (धेरै वर्षा) वा अनावृष्टि (कम वर्षा) का कारण बालीहरू नष्ट हुन्छन्, जसले किसानलाई ठूलो नोक्सानी पुर्याउँछ ।
३. भौतिक पूर्वाधारमा असरः बाढी र पहिरोले सडक, पुल, बिजुलीका पोल जस्ता भौतिक पूर्वाधारहरूमा क्षति पुर्याउँछ, जसले विकास कार्यमा अवरोध सिर्जना गर्छ ।
४. रोग र महामारीको जोखिमः वर्षायाममा पानी जम्ने र प्रदूषण बढ्ने हुँदा हैजा, डेंगु र मलेरिया जस्ता रोगहरू फैलने सम्भावना बढी हुन्छ ।
५. यातायातमा अवरोधः बाढी, पहिरो र सडकमा पानी जमेका कारण यातायात सेवा अवरुद्ध हुन्छ, जसले मानिसको दैनिकी र आर्थिक गतिविधिमा बाधा पुर्याउँछ ।
प्राकृतिक वनस्पतिको महŒवलाई निम्न बुँदाहरूमा संक्षेपमा प्रस्तुत गरिएको छः
अक्सिजन आपूर्तिः प्राकृतिक वनस्पतिले मानव जीवनका लागि अत्यावश्यक अक्सिजन उत्पादन गर्दछ, जसले श्वासप्रश्वासमा मद्दत गर्दछ ।
जैविक र पारिस्थितिक सन्तुलनः वनस्पतिले पानीका स्रोतहरूको संरक्षण गर्न, वातावरणको सन्तुलन कायम राख्न र वन्यजन्तु तथा चराचुरुङ्गीलाई बासस्थान प्रदान गर्न महŒवपूर्ण भूमिका खेल्दछ ।
आर्थिक लाभः वनस्पतिबाट प्राप्त हुने काठ, दाउरा, जडीबुटी तथा अन्य वन उत्पादनहरू बिक्री गरेर देशको राष्ट्रिय आम्दानीमा वृद्धि हुन्छ ।
पशुपालन र पर्यटनः वनजङ्गलले पशुहरूका लागि घाँस र स्याउला उपलब्ध गराउँछ । साथै, वन्यजन्तु र चराचुरुङ्गी हेर्न आउने पर्यटकहरूका कारण पर्यटन उद्योगको विकास र विस्तारमा सहयोग पुग्छ ।
वनस्पतिहरूले विभिन्न तरिकाले आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेल्छन् । यसलाई उदाहरणसहित तल प्रस्ट पारिएको छ ।
१. प्राकृतिक स्रोत र कच्चा पदार्थको स्रोत
वनस्पतिहरू धेरै उद्योगहरूको लागि कच्चा पदार्थको प्रमुख स्रोत हुन् । काठ, जडीबुटी, रेजिन, रबर, र फलफूल उद्योगहरूले वनस्पतिमा निर्भर गर्छन् । उदाहरणका लागि, चिया, कफी, र मसलाहरू नेपालको राष्ट्रिय आम्दानीको महŒवपूर्ण हिस्सा हुन्, र यी सबै वनस्पतिको उत्पादन हुन् ।
२. पर्यटन उद्योगको विकास
वनस्पतिको विविधता र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गर्छ । नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने विभिन्न प्रकारका वनस्पतिहरूलाई हेर्न र प्राकृतिक वातावरणको अनुभव लिन धेरै पर्यटकहरू आउँछन् । यसले पर्यटन उद्योगको विकासमा सहयोग पुर्याउँछ, जसले रोजगारी सिर्जना गर्छ र विदेशी मुद्रा आर्जनमा मद्दत गर्छ ।
३. जडीबुटी र औषधीय महत्त्व
नेपालका वनहरूमा पाइने यार्सागुम्बा, पाँचऔंले, चिराइतो, र अमला जस्ता जडीबुटीहरूले औषधीय गुण बोकेका हुन्छन् । यी जडीबुटीहरूलाई प्रशोधन गरेर औषधी बनाइन्छ र अन्तर्राष्ट्रिय बजारमा बेचिन्छ । यसले देशको आर्थिक विकासमा ठूलो योगदान पुर्याउँछ ।
४. कृषि र खाद्यान्न उत्पादन
वनस्पतिमा आधारित कृषि नै नेपालको अर्थतन्त्रको मुख्य आधार हो । धान, मकै, गहुँ, कोदो, र विभिन्न प्रकारका तरकारी तथा फलफूलको उत्पादनले खाद्यान्न सुरक्षा सुनिश्चित गर्छ र आर्थिक क्रियाकलापलाई बढावा दिन्छ ।
नेपालको जलसम्पदाको उपयोगलाई निम्न सात बुँदामा प्रस्तुत गरिएको छ ः
ड्ड जलविद्युत् उत्पादन ः नेपालको तीव्र वेगका नदीहरूबाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । उदाहरणका लागि, फर्पिङबाट ५०० किलोवाट जलविद्युत् उत्पादन गरी यसको सुरुवात भएको थियो, र अहिले माथिल्लो तामाकोसी जस्ता ठूला परियोजनाहरूबाट धेरै मात्रामा बिजुली उत्पादन भइरहेको छ ।
ड्ड सिँचाइ सुविधा ः जलसम्पदालाई कृषि क्षेत्रको विकासका लागि सिँचाइको रूपमा प्रयोग गर्न सकिन्छ । त्रियुगा र मनुस्मारा नदीबाट पहिलो सिँचाइ आयोजना सुरु भएको थियो, र अहिले पनि विभिन्न ठूला र साना परियोजनाहरूबाट सिँचाइ सुविधा विस्तार गरिएको छ ।
ड्ड विदेशी मुद्रा आर्जन ः जलविद्युत् उत्पादन गरेर देशको आन्तरिक आवश्यकता पूरा गर्नुका साथै छिमेकी राष्ट्रहरूमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
ड्ड पेयजल आपूर्ति ः जलसम्पदालाई पिउने पानी, खाना पकाउने, नुहाउने जस्ता दैनिक घरायसी कामहरूका लागि उपयोग गरिन्छ । तराईमा बोरिङ र पहाडी क्षेत्रमा लिफ्टिङ प्रविधिबाट खानेपानी परियोजनाहरू सञ्चालित छन् ।
ड्ड जलयात्रा तथा साहसिक पर्यटन ः त्रिशूली, सुनकोसी, काली गण्डकी जस्ता तीव्र प्रवाह भएका नदीहरू जलयात्रा ९च्बातष्लन० र साहसिक पर्यटनका लागि उपयुक्त छन् । यसले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्छ ।
ड्ड बहुउद्देश्यीय परियोजना ः जलसम्पदालाई एकैसाथ धेरै उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, सुनकोसी मरिन बहुउद्देश्यीय आयोजनाले सिँचाइ, जलविद्युत् र खानेपानीको आवश्यकता पूरा गर्न सक्छ ।
ड्ड आन्तरिक जल यातायात ः केही नदीहरूमा आन्तरिक जल यातायात सञ्चालन गर्न सकिन्छ, जसले ढुवानी र यात्रुलाई सुविधा प्रदान गर्छ ।
१. ऐतिहासिक स्रोतको परिचय
नेपालका ऐतिहासिक, भौगोलिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको पहिचान र संरक्षण गर्नका लागि विभिन्न सामग्रीको अध्ययन गरिन्छ । सत्य र वास्तविक इतिहासको खोजीका लागि यी स्रोतहरूको सङ्कलन, तुलनात्मक अध्ययन र मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।
२. ऐतिहासिक स्रोतका प्रकार
ऐतिहासिक स्रोतलाई मुख्यतया तीन भागमा विभाजन गर्न सकिन्छः
लिखित स्रोत ः वंशावली, जीवनी, पुस्तक, लिखत, शिलापत्र, ताम्रपत्र, भोजपत्र, ताडपत्र, पाण्डुलिपि, स्वर्णपत्र, यात्रा विवरण, र इतिहासविद्हरूको अन्तर्वार्ता ।
मल्लकालमा लेखिएको ’ठ्यासफु’ पनि लिखित स्रोत हो ।
मौखिक स्रोत ः वीरगाथा, दन्त्यकथा, लोकगीत, सवाई, आख्यान, किंवदन्ती, कहावत, अर्ती उपदेश र खाँडो जगाउने मन्त्र ।
कलाकृति र ठोस वस्तु ः मूर्ति, चित्र, भवन, पुल, गुफा, मन्दिर, किल्ला, हतियार, पोसाक, गहना, भग्नावशेष र प्राचीन घाटहरू ।
३. नेपालको इतिहास अध्ययन गर्ने प्रमुख स्रोतहरू
ड्ड वंशावलीः इतिहास लेखनको सुरुवात नहुँदै वंशावलीले इतिहासको काम गरेको थियो । यसमा शासकहरूको नाम, वंश, मिति, सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक घटनाको वर्णन हुन्छ । उदाहरणः गोपाल वंशावली, भाषा वंशावली ।
ड्ड अभिलेख ः धातु, काठ, ढुङ्गा, कागज, ताम्रपत्र, र भित्तामा लेखिएका घटना विवरण । यसले विगतका घटनाहरूका बारेमा ज्ञान दिन्छ ।
ड्ड मुद्रा ः प्राचीनकालमा सुन, चाँदी, तामा र माटोका मुद्रा प्रचलनमा थिए । सर्वप्रथम लिच्छवि राजा मानदेवले ’मानाङ्क’ नामक मुद्रा चलाएका थिए । मुद्राको अध्ययनले तत्कालीन शासक, अर्थतन्त्र र धार्मिक विश्वासको बारेमा जानकारी दिन्छ ।
ड्ड धार्मिक ग्रन्थ ः महाभारत, रामायण, र पुराण जस्ता ग्रन्थहरूले प्राचीन इतिहास, न्याय व्यवस्था, र रणकौशलको बारेमा जानकारी दिन्छन् ।
ड्ड विदेशीका विवरण ः विदेशी यात्रीहरूले आफ्नो यात्राको क्रममा लेखेका विवरणहरूले तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको जानकारी दिन्छन् । उदाहरणः चिनियाँ यात्री हुयानसाङको यात्रा विवरण ।
ड्ड सरकारी अभिलेख तथा कागजपत्र ः लालमोहर, सन्धिपत्र, आदेशपत्र, र जङ्गबहादुरले बनाएको मुलुकी ऐन (वि.सं. १९१०) जस्ता सरकारी कागजातहरूले तत्कालीन शासन व्यवस्था र नीति–नियमको बारेमा जानकारी दिन्छन् ।
ड्ड कलाकौशल ः मन्दिर, विहार, स्तूप, मूर्ति, र भवनहरूले तत्कालीन धार्मिक, सांस्कृतिक, र सामाजिक–आर्थिक अवस्थाको जानकारी दिन्छन् । उदाहरणः चाँगुनारायणको मन्दिर, पाटनको कृष्ण मन्दिर ।
ड्ड ठ्यासफु ः यो एक प्रकारको नोट वा डायरी हो जसले तत्कालीन राजा, मन्त्री, धार्मिक कार्य, र प्राकृतिक घटनाहरूको बारेमा जानकारी दिन्छ ।
४. ऐतिहासिक स्रोतको संरक्षणका उपायहरू
ड्ड इतिहासका स्रोतहरूको अभिलेखीकरण गरी राष्ट्रियकरण गर्ने ।
ड्ड चोरी हुनबाट जोगाउन आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने ।
ड्ड विभिन्न स्थानमा प्राप्त भएका स्रोतलाई सङ्कलन गर्ने ।
ड्ड पुस्तकालय तथा सङ्ग्रहालयको निर्माण गरी संरक्षण गर्ने ।
ड्ड प्राप्त स्रोतलाई कम्प्युटरको माध्यमबाट अभिलेखीकरण गर्ने ।
ऐतिहासिक स्रोतको संरक्षणका निम्ति तपाईंले खेल्न सक्ने चार भूमिकाः
१. समुदायमा जनचेतना फैलाउनेः तपाईंले आफ्नो समुदायका मानिसहरूलाई ऐतिहासिक सम्पदाको महत्त्वबारे जानकारी दिएर तिनीहरूको संरक्षणमा सहयोग गर्न प्रेरित गर्न सक्नुहुन्छ ।
२. सफाइ तथा मर्मतसम्भारमा सहभागी हुनेः आफ्ना नजिकका ऐतिहासिक स्थलहरू जस्तै मन्दिर, गुम्बा वा पुराना भवनहरूको सफाइ र सानोतिनो मर्मतसम्भारको काममा स्वयंसेवकको रूपमा सहभागी हुन सक्नुहुन्छ ।
३. चोरी र अनाधिकृत उत्खननको जानकारी दिनेः यदि कुनै ऐतिहासिक वस्तुको चोरी वा अवैध उत्खनन भएको थाहा पाउनुभयो भने, तपाईंले तुरुन्तै सम्बन्धित सरकारी निकाय वा प्रहरीलाई खबर गर्न सक्नुहुन्छ ।
४. ऐतिहासिक सामग्रीको डिजिटलाइजेशनमा सहयोग गर्नेः पुराना कागजात, तस्बिर, वा अन्य सामग्रीलाई डिजिटल रूपमा सुरक्षित राख्ने काममा सहयोग गरेर पनि तपाईंले इतिहासको संरक्षण गर्न सक्नुहुन्छ ।
No comments:
Post a Comment