विविधतामा एकताको महŒव
क. राष्ट्रिय पहिचान र राष्ट्रिय गौरवको वृद्धि ः विविधताले भरिएको तर एकता कायम भएको देशले विश्व जगतमा एक अद्वितीय र बलियो पहिचान बनाउन सक्दछ । विभिन्न संस्कृति, भाषा र परम्पराले देशलाई धनी बनाउ“छन् र उक्त देशको गौरव बढाउ“छन् ।
ख. सामाजिक सद्भाव र सहिष्णुता ः विविधताको सम्मान हु“दा देशमा मेलमिलाप र सहिष्णुताको विकास हुन्छ । विभिन्न पृष्ठभूमि भएका मानिसहरू एक साथ मिलेर बस्न र एकअर्काबाट सिक्न सक्छन् ।
ग. ज्ञान र अनुभवको आदनप्रदान ः फरक संस्कृति र विचार भएका मानिसहरूले एक अर्कालाई नया“ ज्ञान, सिप र अनुभव प्रदान गर्न सक्दछन् । यसले गर्दा देशका समग्र विकासमा सहयोग गर्न सक्दछ ।
घ. आर्थिक विकासमा सहयोगी ः देशमा रहेको विविधताले देशमा विभिन्न प्रकारका आर्थिक अवसरपनि सिर्जना गर्दछ । विभिन्न सिप र प्रतिभा भएका मानिसहरूले देशमा विभिन्न पेसा, व्यवसाय र उद्योगहरू सञ्चालन गर्न सक्छन् । (थप बु“दा ः समस्या समाधानमा सहयोगी, देशको सांस्कृतिक समृद्धि, देशमा मानवीय मूल्यको विकास, समान सांस्कृतिक मान्यता भएका देशहरूसँग सम्बन्ध विस्तार, सामाजिक समस्या समाधानमा सहजता, राष्ट्रिय सुरक्षा बलियो हुन सक्ने, देशमा रहेका जनतामा, लचकता र अनुकुलन क्षमताको विकास हुने आदि)
प्रश्न ः नेपालको संविधानले विविधतालाई एकतामा समेट्ने विभिन्न प्रयास गरेको.....
उत्तर ः बुँदा मात्रै ः नेपालको संविधानको प्रस्तावनामा ः बहुजातीय, बहुभाषिक, बहुधार्मिक..... विशेषतायुक्त नेपालको निर्माण गर्न सङ्कल्प गरिएको छ, यसले विविधतालाई स्वीकार गरेको छ ।
सबै भाषा र संस्कृतिको सम्मान ः संविधानको धारा ६ नेपाली भाषालाई सरकारी कामकाजको भाषा मानिएको छ तर धारा ६ (२) ले प्रत्येक भाषाभाषीलाई आफ्नो मातृभाषामा शिक्षा लिन पाउने हक र सरकारी कामकाजमा प्रयोग गर्न पाउने हक प्रदान गरेको छ ।
धर्मनिरपेक्षताको प्रावधान ः नेपालको संविधानको धारा....... धर्मनिरपेक्षताको व्यवस्था, सबै धर्म प्रति राज्यको समान सम्मान व्यक्त गरिएको ।
सामाजिक न्याय र समावेशीकरण ः संविधानको भाग ४ ः मौलिक हकमा सामाजिक न्यायको हकको व्यवस्था
समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्वको व्यवस्था
स्थानीय स्वायत्त शासन ः स्थानीय तहलाई अधिकार दिएको, स्थानीय तहमा रहेका विविधताको संरक्षण गर्नका लागि
भेदभाव विरुद्धको हक ः धारा १८, नागरिकता सम्बन्धी व्यवस्था आदि ।
Kati class KO ho?
ReplyDelete11
ReplyDelete